२४ बैशाख २०८१, सोमबार 1715039104
Banner

कांग्रेसले विद्यालय विधेयकउपर छलफल गर्न डाक्यो सांसद

काठमाडौं । नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकमाथि छलफका लागि आफ्ना सांसदहरुलाई बोलाएको छ ।

संसदमा दर्ता विद्यालय विधेयकउपर असन्तुष्टि जनाउँदै शिक्षकहरुले सडकमा आन्दोलन गरिरहेका बेला नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई छलफलका लागि संससद भवन नयाँ वानेश्वर स्थित लोत्सेहलमा बैठक बोलाएको हो ।

शिक्षा विधेयक २०८० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले गत भदौ २७ गते प्रतिनिधि सभामा दर्ता गरेका थिए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार विधेयक माथिको छलफलमा सांसदहरुको सहभागिता रहँदै आएको छ ।

विद्यालय शिक्षा विधेयक धेरै चासोको विषय भएकाले यसमा एकीकृत धारणा तय गर्नु आवश्यक रहेकाले पार्टीका केन्द्रिय सदस्यहरुलाई समेत विधेयकमाथिको छलफलमा आमन्त्रण गरेका छन् । शुक्रबार पार्टीको केन्द्रिय समितिको बैठकमा बोल्दै उनले केन्द्रिय सदस्यहरुलाई समेत विधेयकमाथिको छलफलमा आमन्त्रण गरेका हुन् ।