२१ बैशाख २०८१, शुक्रबार 1714726687
Banner

आन्दोलनरत शिक्षकका प्रतिनिधि र मन्त्रालयका कर्मचारी छुट्टाछुट्टै छलफलमा

काठमाडौं । आन्दोलनरत शिक्षकका प्रतिनिधि र शिक्षा मन्त्रालयका कर्माचारी छुट्टाछुट्टै छलफलमा जुुटेका छन्।

शिक्षा मन्त्रालयमा शिक्षकका प्रतिनिधि र शिक्षा मन्त्रालयका सचिवसहित नेतृत्वसँग छुट्टाछुट्दै छलफलमा जुटेका हुन्।

आज बिहान बस्ने भनिएको वार्ता शिक्षक र सरकारी टोली आन्तरिक छलफलमा व्यक्ति भएपछि बस्न सकेको थिएन । शिक्षा मन्त्रालयका सचिवहरुसँग छलफलपछि मात्रै सरकारी वार्ता टोलीसँग छलफल गर्ने शिक्षकहरुको तयारी छ।

कार्यवहाक प्रधामन्त्री पूर्णबहादुर खड्काले वार्ता टोलीलाई आजै सहमति जुटाउन निर्देशन दिइसकेका छन्।