२४ बैशाख २०८१, सोमबार 1715043874
Banner

चार मन्त्री सहित गृह मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकारबीच बैठक जारी

काठमाडौं । शिक्षा विधेयकको विरोधमा आन्दोलनमा उत्रिएका शिक्षकहरू र सरकारबीच छलफल जारी छ।

साँझ ७ बजेदेखि सिंहदरबारस्थित गृह मन्त्रालयमा दुई पक्षबीच छलफल जारी रहेको एक मन्त्रीले बताए ।

बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, अर्थमन्त्री प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ र सरोकारवाला मन्त्रालयका सचिवहरूको उपस्थिति छ।

देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले बुधबारदेखि आन्दोलनको घोषणा गरेका छन्। शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले बुधबार र बिहीबार काठमाडौं केन्द्रित आन्दोलन सुरू गरेका हुन्। शिक्षकहरूले माइतीघर र बानेश्वरमा प्रदर्शन गरेका थिए। बिहीबार बिहान पनि शिक्षक र सरकारबीच छलफल भएको थियो। तर उक्त बैठक निष्कर्षविहीन भएको थियो।