६ जेष्ठ २०८१, आईतवार 1716130807
Banner

पाकिस्तानसँग नेपाल पराजित

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपकोमा घरेलु टिम नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थिन दशरथ रंगशालामा सम्पन्न खेलमा निरन्तर पाकिस्तानको आक्रमण झेलेको नेपाल दोस्रो हाफमा गोल बेहोरेको थियो ।

पाकिस्तानको जितमा अलि जफरले ७६औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । जफरले करिब ३० यार्ड परबाट गरेको लामो प्रहारले सोझै जाली चुम्दा नेपाली गोलकिपर जियारथ सेखले प्रतिक्रियाको मौकासमेत पाएनन् । त्यसअघि पनि नेपालले पाकिस्तानबाट निरन्तर दबाब खेपेको थियो ।

२६औँ मिनेटमा पाकिस्तानका साह जहनले गरेको प्रहार गोलकिपर जियारथले बचाएका थिए । ३३औँ मिनेटमा ६ यार्ड बक्सबाट मुहम्मद अदिल युनसले गरेको प्रहारमा जियारथले उत्कृष्ट बचाउ गरेपछि नेपालले खतरा टारेको थियो ।

३४औँ मिनेटमा पाकिस्तानका मुहम्मद अदिल युनसले ुवान भर्सेस वानु अवसर गुमाएपछि पाकिस्तानले अग्रताको सुनौलो अवसर गुमाएको थियो ।

४०औँ मिनेटमा साह जहनको प्रहारमा पुनः जियारथ बाधक बनेका थिए । जितसँगै पाकिस्तानले समूह एु मा तीन अंक जोडेको छ । पहिलो खेलमा हार बेहोरेको नेपालले अब शनिबार दोस्रो खेलमा माल्दिभ्ससँग खेल्ने छ ।