६ जेष्ठ २०८१, आईतवार 1716127517
शिक्षा /स्वास्थ्य

पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन सुरु

काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन सुरु गरेको छ ।

सरकारले बुधबारबाट राजधानीमा एक कार्यक्रम गरी खोप अभियान सुरू गरेको हो ।

परिवार कल्याण महाशाखाका अनुसार देशभर ६ वटा संघीय अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा आजदेखि किशोरीलाई खोप लगाउन सुरु छ । तर, कोशी प्रदेशमा भने बिहीबारदेखि खोप कार्यक्रम सञ्चालन गरिने महाशाखाले जनाएको छ ।

१४ वर्ष पूरा भएका र १५ वर्ष ननाघेका किशोरीहरूलाई यो खोप लगाइने छ । त्यसका लागि सरकारले चीनसँग २० हजार भाइल एचपीभीविरुद्धको खोप खरिद गरेको थियो ।

नेपालले दक्षिण पूर्वी एसियाको रणनीति अनुसार पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने नीति लिएको छ । जस अनुसार ९ देखि १४ वर्ष उमेर समूहका बालिकालाई नियमित खोप सञ्चालन गर्ने योजना छ ।

Tags :