६ जेष्ठ २०८१, आईतवार 1716112226
Banner

आज ट्रमा सेन्टर र वीर अस्पतालमा ओपीडी सेवा बन्द

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा आज ओपीडी सेवा बन्द गरिएको छ ।

आज एक विज्ञप्ति निकालेर संविधानसभा अध्यक्ष सुवास नेम्बाङको अन्त्येष्टिका लागि सरकारले दिएको शोक बिदाका कारण ओपीडी सेवा बन्द गरिएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले जनाएको छ ।

तर, इमर्जेन्सी र इन्डोर सेवा भने सुचारु रहने जारी सूचनामा उल्लेख छ ।

कान्ति बाल अस्पतालले पनि सूचना निकालेर आज ओपीडी सेवा बन्द रहेको जनाएको छ ।

Tags :