२१ बैशाख २०८१, शुक्रबार 1714736300
Uncategorized

संघीय सरकार नर्स कहाँ पढाउने भनी अल्मलिए पनि बागमतीलाई छुट छैन : डा. देवकोटा

काठमाडौं । बागमती प्रदेशसभा सदस्य तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले संघीय सरकार स्टाफ नर्स र एच ए पढाउने भनेर अल्मलिरहँदा बागमती प्रदेशलाई अल्मलिन छुट नभएको बताएका छन् ।

आइतबार बागमती प्रदेशसभामा स्वास्थ्य विधेयकमा सुझाव राख्ने क्रममा यस्तो बताएका हुन् । उनले बागमती प्रदेशले प्रस्तुत गर्ने विधेयक पक्ष र विपक्षभन्दा पनि देशभन्दा माथि उठेर राय तथा दृष्टिकोण समेट्न सुझाए ।

स्वास्थ्यको नाममा नेपालले हरेक वर्ष शिक्षा आर्जन, औषधि र हुण्डीको नाममा बाहिर पैसा पठाइरहेको बताउँदै उनले विधेयकले बागमती प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा कसरी प्रवाह गर्न सकिन्छ भनी प्रश्नसमेत गरे ।

स्वास्थ्यको अधिकार मौलिक हकको रुपमा संविधानमै व्यवस्था गरेको बताउँदै उनले भने, ‘स्वास्थ्य शिक्षा आज धारासायी छ । प्रदेश सरकारले आँट गरे प्रदेश सरकारसँग स्वास्थ्यसम्बन्धी युनिभर्सिटी बनाउने प्रावधान छ ।’

उपचारका नाममा नेपालीहरुले दिल्ली र बैंककलगायतमा खर्च भइरहेको भन्दै उनले चिन्तासमेत व्यक्त गरे ।