२१ बैशाख २०८१, शुक्रबार 1714764956
Banner

एसिया कप खेलेर स्वदेश फर्किएको नेपाली क्रिकेट टिमलाई भव्य स्वागत

काठमाडौं । एसिया कप खेलेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई बाजागाजासहित भव्य स्वागत गरिएको छ ।

एसिया पाकिस्तान र श्रीलंकामा एसियाकप खेलेर फर्किएको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा सशस्त्र प्रहरीको ब्याण्डले बाजागाजासहित स्वागत गरेको हो ।

खेलाडीहरुको स्वागत गर्न पुगेका समर्थकहरुले विमानस्थलमा समर्थन गर्दै नाराबाजी लगाएका थिए ।

पाकिस्तानमा भएको पहिलो खेलमा नेपाली टोली गत बिहीबार पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो ।

त्यसलगतै भारतसँग खेल खेल्न श्रीलंका पुगेको टोली १० विकेटले पराजित भएको थियो । भारतसँगको खेलमा पानीले खेल बिथोलेको थियो । भारतसँग पराजित भएपछि नेपाल एसियाकपबाट बाहिरिएको थियो ।

Tags :