२६ बैशाख २०८१, बुधबार 1715157028
पालिका

रैनादेवी छहरा गाउँपालिकाको नयाँ भवन निर्माण

रामपुर (पाल्पा)। पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले प्रशासनिक भवन निर्माण गरेको छ । रु तीन करोड २० लाख ६० हजारमा सभाहल सहितको अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण गरी सेवा दिन थालेको छ ।

तीन तल्ले भवनमा पहिलोमा प्राविधिक, शिक्षा, कृषि, पशु, भेटेरीनरी, भण्डारण कक्ष, दोस्रोमा लेखा शाखा प्रमुख, लेखा शाखा, प्रमुख प्रशासकीय अधिकृत र इञ्जिनीयरको कार्यकक्ष छ । तेस्रोमा गाउँपालिका अध्यक्ष, उपाध्यक्षको कार्यकक्ष र सभाहल रहेको प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले बताउनुभयो । भवनमा १९ वटा कोठा छ ।

पाँच वर्षमा विकास निर्माण, कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा गाउँपालिकाले फड्को मारेको पालिका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । स्थानीय तह निर्माणको पाँचवर्ष सकिन लाग्दा कतिपय पालिकाले साबिककै संरचनामा सेवा दिएका छन् ।