२० बैशाख २०८१, बिहीबार 1714665493
अर्थ

सताको तेस्रो दिन पनि सेयरबजारमा हरियाली,५ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको तेस्रो दिन पनि सेयरबजारमा हरियाली छाएको छ ।

केही दिनयता हरियाली देखिँदै आएको बजार साताको दोस्रो दिन नेप्से दोहोरो अंकले वृद्धि भएको हो । कारोबार रकम भने ५ अर्ब नाघेको छ ।

आइतबार ६२ अंकले बढेको बजार आज ११.६९ अंकले बढेर २१२९.४२ बिन्दुमा कायम भएको छ ।

आजको दिन बजारमा १ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयरको खरिद बिक्री भइ ५ अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ रुपैयाँको कारोबार भएको छ ।

हिमालयन लाइफ इन्सुरेन्स लिमिटेड कम्पनीको शेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ । कारोबारका आधारमा शिभम सिमेन्टस ४२ करोड ५ लाख ९९ हजार ५८५ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

Tags :