४ जेष्ठ २०८१, शुक्रबार 1715931293
Banner

मेयर बालेन शाहविरुद्धको अवहेलनासम्बन्धी मुद्दा आज पनि हेर्न नभ्याइने सूचीमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको अदालतको अवहेलना मुद्दा स्थगित भएको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको सुनुवाइ आज पनि हेर्न नभ्याइने सूचीमा परेको हो ।

अधिवक्ता वर्षाकुमारी झाले गएको शुक्रबार बालेनविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेकी थिइन् ।

उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश जारी भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए ।

उनको अभिव्यक्तिले अदालतको अवहेलना हुने भन्दै अधिवक्ता झाले सर्वोच्चमा निवेदन दर्ता गराएकी हुन् ।