४ जेष्ठ २०८१, शुक्रबार 1715937596
Banner

प्लस टुमा लिइने शुल्क विवरण बुझाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ (प्लस टु) मा नयाँ शैक्षिक सत्र २०८०/८१ का लागि लिइने शुल्क विवरण बुझाउन निर्देशन दिएको छ ।

महानगरभित्र सञ्चालित ५२० निजी विद्यालयलाई पत्र लेख्दै असार मसान्तभित्र सो विवरण पठाउन भनेको हो ।

महानगरले ५ असारमा सबै विद्यालयलाई पत्राचार गरेको थियो ।विद्यालयले के–के शीर्षकमा के कति शुल्क लिने हो भनी महानगर शिक्षा ऐन २०७५ को दफा २७ (९) बमोजिम पेश गर्नू भनी पत्रमा उल्लेख गरिएको छ ।

साथै, शुल्क विवरण पेश गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णयसहित पेश गर्नु पनि महानगरले भनेको छ ।

Tags :