४ जेष्ठ २०८१, शुक्रबार 1715936570
Banner

धादिङमा आगलागीमा परी श्रीमान श्रीमतीको मृत्यु

धादिङ । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ ।

गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उनी र उनकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

राति करिब साढे १२ बजे प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागी नियन्त्रणमा लिइएपछि जलेर मृत्यु भएको अवस्थामा लामा दम्पतीको शव फेला परेको सो कार्यालयले जनाएको छ । उनीहरूका छोराछोरी काठमाडौंमा बस्दै आएका छन् ।

ढुंगामाटोले बनाइएको जस्ताले छाएको एकतले घरमा विद्युत् सर्ट भई आगलागी हुँदा अन्नबाली, लत्ताकपडा, मकै पिस्ने मिल जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।