२०७९ मंसिर १५ बिहीबार 1669932692
Banner

तस्विरमा कमरेड करिश्मा मानन्धर

काठमाडौं – पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रमबीच सिंहले पार्टीलाई एमालेमा समाहित गराउनु भएको हो ।

त्यस्तै अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । करिश्मा मानन्धरसहित लोकतान्त्रिक समाजवादी पार्टीका नेता शिव पटेल, माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा शेर्पा मुक्ति मोर्चाका पूर्व सचिव रामेछापका नाम्गेल शेर्पा लगायत एमालेमा प्रवेश गर्नु भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा स्वागत गर्नुभयो ।