८ बैशाख २०८१, शनिबार 1713592730
राजनीति

माओवादी रामेछापका नेता नाम्गेल शेर्पा एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा माओवादीको जातीय संगठन शेर्पा मुक्ति मोर्चाका पूर्व सचिव नाम्गेल शेर्पा मंगलवार नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

विद्यार्थी राजनीति नेकपा एमालेबाटै गरेका रामेछापका शेर्पा सरस्वती क्याम्पसको स्ववियु सचिवसम्म भइसकेका नेता हुनुहुन्छ । उहाँ एमाले विभाजनपछि नेकपा माले हुँदा माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी राजनीतिमा हुनुहुन्थ्यो ।

माओवादीले ४ हजार सदस्यीय केन्द्रीय सदस्य बनाउँदा नाम्गेल पनि केन्द्रीय कमिटीमा हुनुहुन्थ्यो । उहाँ शेर्पा संघका पूर्व महासचिव पनि हुनुहुन्छ।