३० बैशाख २०८१, आईतवार 1715567700
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो नाम मुछेर चरित्र हत्या गरियो : राजेश बज्राचार्य

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ ।

बज्राचार्यले सामाजिक सञ्जालमा लेख्दै उहाँले अभियुक्त केशव दुलालको बयानको हवाला दिंदै विभिन्न सञ्चार माध्यमले आफ्नो नाम उल्लेख गरेर समाचार सम्प्रेषण गरेकोप्रति गम्भिर ध्यानआकर्षण भएको उल्लेख गर्नुभएको छ ।