११ जेष्ठ २०८१, शुक्रबार 1716565554
Banner

प्रधानमन्त्रीलाई भेटेपछि राजिनामा दिने मुडमा स्वास्थ्यमन्त्री यादव

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा दिन सन्देश पठाएको बताइएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ ले अध्यक्ष यादवलाई राजीनामा गर्न सन्देश पठाएको स्रोतको दाबी छ । नेकपा (माओवादी) केन्द्रले आज मधेस प्रदेश सरकारलाई दिएको सर्मथन फिर्ता लिएसँगै जसपा नेपालका अध्यक्ष यादवलाई प्रधानमन्त्री ‘प्रचण्ड’ ले राजीनामा दिन सन्देश पठाएको बालुवाटार स्रोतले बतायो ।

जसपा नेपालका अध्यक्ष यादवको अध्यक्षतामा अहिले पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जसपा नेपालको आकस्मिक बैठक बसिरहेको छ । उक्त बैठकले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न सक्ने समेत बुझिएको छ ।