१६ बैशाख २०८१, आईतवार 1714325124
Banner

गाउँगाउँमा ग्यास विजुली पुग्यो तर त्यसको प्रयोगका बारेमा ज्ञान दिइएन अब पाठयक्रममा नै समावेश गरौं : चन्द्र भण्डारी


काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले जलनका विरामीहरुलाई पनि क्यान्सर रोग सरहनै आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

खाना पकाउने ग्याँसको जलनबाट पीडित भएपछि पहिलो पटक बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले सो माग राखेका हुन् ।

गरिव मानिसहरु नै यसको बढि मारमा पार्ने भएकाले उनीहरुलाई पनि क्यान्सर, किड्नी रोगलाईजस्तै आर्थिक सहायता राज्यले उपलब्ध गराउनुपर्ने उनको तर्क थियो । सांसद भण्डारीले ग्याँस र विजुली जस्ता विषयबस्तु विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

उनले आफू शौभाग्यबस बाँचेर संसदमा बोल्ने अवसर पाएको उल्लेख गर्दै नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरु विश्वका कुनै पनि चिकित्सकहरु भन्दा कम नभएको पनि बताए । उनले नेपालमा जलन अस्पताल सरकारले स्थापना गरे त्यो एशीयाकै सवल हुने दावी समेत गरे ।

सांसद भण्डारीले कीर्तिपुर वर्न अस्पताल र सुष्मा मेमोरियल अस्पतालको भवन बनाउन पनि सरकारको ध्यानाकर्षण गराए । उनले ग्याँसमा स्वचालित रेगुलेटर राख्नुपर्ने व्यवस्था अनिवार्य हुनेगरी कानुन निर्माण गर्न पनि सरकारलाई सचेत गराए ।

सांसद भण्डारीले भने, ‘नेपालको वर्तमान अवस्था, परिवेश, नेपाली जनताले भोगिरहेका समस्याहरु र सरकारले गर्नुपर्ने सम्बोधनमा बारेमा मलाई केही बोल्ने अवसर पार्टी वा सभामुख महोदयबाट उपलब्ध गराउनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । म पौष ३ गते जलन केशबाट जुन मैले परिवेश व्यहोर्नु प¥यो । जुन शारिरीक अवस्थामा पुग्नु प¥यो । त्यो अवस्था धेरै नेपालीहरुले भोगिरहनु परेको छ । गत वर्ष ११० जनाले मृत्युवरण गर्नु भएको थियो । अहिलेको वर्षमा १÷२ दिन अगाडिबाहेक मेरो आमा थपिँदा ११० जना पुगेको थियो । र, जलन केश देशभरी फैलिएको छ । हामीले जसरी विज्ञानको विकास ग¥यौं । गाउँगाउँमा ग्याँस पुग्यो । गाउँगाउँका विजुली पुग्यो । गाउँगाउँमा बस पुग्यो । गाडीहरु गए । तर हामीले के गर्नु हुन्छ, के गर्नु हुँदैन रु भनेर हामीले पाठ्यपुस्तकमा पनि राख्न सकेनौं । विश्वमा बसहरु बच्चाहरु स्कुुल जाँदा कसरी क्रस गर्ने वा ग्याँस कसरी बाल्ने वा विजुली कसरी बाल्ने रु सानो बच्चाले पढन पाउँछन विश्वका अरु देशहरुमा । तर हाम्रा विज्ञहरु, पाठयक्रम निर्माताहरु कसैलाई पनि यसबारेमा ध्यान भएन । सबैले ठूला ट्रक र डोजरहरु नदीको किनारमा देख्दछन । तर त्यही नदीको किनारमा एउटा गरिव जनताले बालुवा चालेर गिटी निकालेको मान्छेलाई देख्दैनन् । त्यही मान्छेले भोट दिएर हाम्रो पहिचान बनाएको छ । त्यही व्यक्तिले भोट दिएर हामीलाई यहाँ आएर बोल्ने बनाएको छ । तर हामी देख्दा डोजर देख्छौं, जसले बालुवा धेरै उठाउन सक्छ । तर, जसले हामीलाई मत दिन्छ, उसलाई देख्न सक्दैनौं । यो अवस्था सबै क्षेत्रमा नेपालमा भयो । त्यस आधारमा त्यसको भिक्टिम पनि हामी भयौं । र, आज मलाई यो बेलामा राखौं जस्तो लाग्यो । यस अवसरमा मलाई रेस्क्यू गरेर मलाई अवस्थामा ल्याएर बोल्ने बनाउने वर्तमान सरकार, माननीय सभासद्ज्यूहरु, शुभचिन्तकज्यूहरु, र डाक्टरहरु र स्वास्थ्यकर्मीजीहरु । र, जसले मलाई यो अवस्थामा ल्याउनका लागि सहयोग गर्नु भयो । म सबैलाई आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु । सभामुख महोदय, छिमेकी देशमा मलाई पठाएर मैले त्यहाँ गएर हेरेँ । डाक्टरहरुले भन्नु भयो–विगत ३ वर्षमा ३ जना मानिसमात्रै भेन्टिलेटरमा गएर बाँचेको रहेछ । त्यसमध्ये म एउटा नेपाली शौभाग्यले बाँचेर आएको बोल्न पाएको छु । सभामुख महोदय, यसको बारेमा मैले केही बोल्नुनै पर्ने हुन्छ । आज गर्वका साथ म भन्न चाहन्छु–अरु देशमा भन्दा हाम्रा देशका स्वास्थ्यकर्मीहरु, डाक्टरहह्रु कम छैनन् । यदि कन्फिडेन्ट डाक्टरहरु छन, म जुन हस्पिटलमा गएँ, जम्मा बाबुछोराले चलाउनु भएको हस्पिटल । एशीयाको सबैभन्दा राम्रो हस्पिटल भन्नु हुन्छ । बाबुछोराले चलाउनु भएको छ । डाक्टर त हाम्रो कीर्तिपुरमा ११÷१२ जना हुनुहुन्छ । सुष्मा ट्रष्टमा उत्तिकै डाक्टर हुनुहुन्छ । फिजियोथेरापिष्ट र नेपालको डाक्टर त विश्वकै प्रतिस्पर्धी हुनुहुन्छ भन्ने लाग्छ मलाई । यस्तो छ । यसकारण मैले आउँदाआउँदा पनि प्रधानमन्त्रीजीलाई अनुरोध गरेँ–हामीले एउटा हस्पिटल बनायौं भने एशीयाकै सबैभन्दा सबल हस्पिटल नेपाल बन्न सक्छ । क्लाईमेटको हिसावले पनि, खर्चको हिसावले पनि । यो अनुरोध मैले प्रधानमन्त्रीजीलाई गर्ने अवस्था पाएँ । त्यसकारणले यसका निम्ति के गर्नु पर्छ रु हामीले पहिला, जो हामीलाई थामी रहेका छ, कीर्तिपुर र सुष्माले । अहिले एउटा हामीलाई भवनको आवश्यक्ता रहेछ । दोस्रो, हामीले जो विरामी छन । क्यान्सरको विरामीलाई, हर्टको विरामीलाई, किड्नीको विरामीलाई हामीले जुन सहयोग गर्छौ । त्यो सहयोगमा यो जलनको विरामीलाई पनि जोड दिन पर्ने रहेछ । यो केशमा धेरैजसो रिमोटको, गरिवको बच्चाहरु, गरिव मानिसहरु यसमा पर्दो रहेछ । त्यसकारणले सभामुखज्यूमार्फत् मैले सरकारलाई यो अनुरोध गरेँ । सबै नेपालीको । यसमा धेरै ठूलो दर्द लुकेको छ भन्ने कुरा राख्न चाहेँ । तेस्रो कुरा पाठ्यक्रममा कमसेकम विजुली बाल्दा, ग्याँस बाल्दा, बाटो क्रम गर्दा त हाम्रो पाठ्यक्रममा हुनु पर्‍यो नि । हाम्रा सात वर्षका बच्चाले त जान्न प¥यो नि । हामीले रोजेको विज्ञहरु यीनै हुन रु हामीले मानेका व्यक्ति यिनै हुन रु यिनका भाषण सुन्नु पर्ने, यिनका कुरा सुन्नु पर्ने, यिनले लेखेका किताव पढनुपर्ने, तर कमन पिपुलहरुलाई यति पनि नगर्ने भनेपछि हामी कति पछि होउला रु यो कुरा सबैभन्दा महत्वपूर्ण छ । अर्को कुरा ग्याँस उद्योगहरुलाई रेगुलेटर, स्वचालित रेगुलेटरहरु पाईदो रहेछ । सरकारले कानुन बनाएर रेगुलेटर स्वचालित भए त अरु रेगुलेटर राख्न पाईन्न भने त यसको केश नै कम हुन्छ नि । यसलाई कानुन बनाउनका निम्ति पनि सभामुखज्यूमार्फत् मैले चाँही आग्रह गर्न चाहेँ, सरकारलाई आग्रह गर्न चाहेँ । ’