८ जेष्ठ २०८१, मंगलवार 1716355040
Banner

नुहाउने क्रममा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु

धनगढी। कैलालीमा नुहाउने क्रममा नदीमा डुबेर आज दुई जना बालबालिकाको मृत्यु भएको छ । कैलारी गाउँपालिका–८ लोहरपुरस्थित कटैनी नदीको टेढी बाँध क्षेत्रमा नुहाउने क्रममा सोही ठाउँका १३ वर्षीय दुर्गा साउँद र सात वर्षीय अमिल खड्काको डुबेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बालकको घटनास्थलमै र बालिकाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको छ । नदीमा डुबेका दुवै जनाको उद्धार गरेर स्थानीयले उपचारका लागि सुरुमा उदासीपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएका थिए ।

घटनामा गम्भीर घाइते बालिका दुर्गाको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि सेती अस्पताल पुर्‍याउँदा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जानकारी दिएको छ ।