२३ बैशाख २०८१, आईतवार 1714906449
शिक्षा /स्वास्थ्य

त्रिशक्ति क्लबको ३७ औं स्थापना दिवस ७५ जनाले गरे रक्तदान

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर ५ मा रहेको त्रिशक्ति क्लबले २५६७औं बुद्ध जयन्ती तथा क्लबको ३७औं वार्षिक उत्सवको दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमा ७५ जनाले रक्तदान गरेका छन् ।

क्लबले बुद्ध जयन्ती तथा ३७औं वार्षिक उत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको थियो । त्रिशक्ति क्लब कोटाटोलमा शुक्रबार विहान ११ बजेदेखि ४ बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरिएको त्रिशक्ति क्लबकी अध्यक्ष मिना श्रेष्ठले बताइन्। उनले यस्तो कार्यक्रम क्लबले वार्षिक रूपमा आयोजना गर्ने बताइन् ।

क्लबले रक्तदान कार्यक्रम स्थापनाको समयदेखि नै गर्दै आएको छ । रक्तदान कार्यक्रमको प्रमुख आतिथ्यता वडाध्यक्ष विरेन्द्र प्रजापतिले गरेका थिए ।

क्लब आयोजक रहेको रक्तादान कार्यक्रमको सह–आयोजक काठमाडौं महानगरपालिका रहेको छ । महानगरको स्वास्थ्य विभागले कार्यक्रमको व्यवस्थापन गरेको थियो ।