५ जेष्ठ २०८१, शनिबार 1716073045
Banner

सुदुरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन हतार नगर्न ओलीको निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन हतारिनु पर्ने कारण नभएको बताउनुभएको छ ।

शनिबार राति एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलसँगको भेटमा अध्यक्ष ओलीले सोडारीलाई विशवासको मत दिन हतार नगर्न निर्देशन दिनुभएको राववले बताउनुभयो ।
अध्यक्ष कमरेडसँग उहाँकै निवास बालकोटमा करिब साढे २ घण्टासम्म कुराकानी भयो,’ उहाँले भन्नुभयो , ‘मुख्यमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा हतार नगर्नुहोस् भन्नुभयो । समय बाँकी हुँदै मुख्यमन्त्रीले किन हतार गर्नुभएको छ ? हामीलाई नै सोध्नुभयो ।

रावलले बझाङ उपनिर्वाचनबाट निर्वाचित दमनबहादुर भण्डारीले बुवाको किरियाकर्म सकेर शपथ ग्रहण गरेपछि विश्वासका सम्बन्धमा निर्णय लिइने प्रष्ट पार्नुभयो ।
एमालेसहित गठबन्धनमा आवद्व दलको समर्थनमा बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका एकीकृत समाजवादीका सोडारीले २१ वैशाखमै विश्वासको मत लिने तयारी गर्नु भएको थियो । तर, एमालेले विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेश सभाको बैठक अनिश्चितकाललाई स्थगित गरिएको छ ।