२५ बैशाख २०८१, मंगलवार 1715139382
Banner

राष्ट्रपतिको निर्वाचन अन्तर्गत आज उमेदवारको अन्तिम नामावली सार्वजनिक हुने

काठमाडौं । राष्ट्रपतिका उमेदवारले आफ्नो उमेदवारी आज फिर्ता लिन सक्नेछन् । उमेदवारी फिर्ता लिन चाहने उमेदवारले उमेदवारी फिर्ता लिनसक्ने निर्वाचन आयोगले जनाएको छ ।

आजै आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । यसअघि शनिबार उमेदवारी दर्ता गरिएको थियो ।

राष्ट्रपतिको निर्वाचनका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङले उमेदवारी दर्ता गराएका छन् । पौडेललाई नयाँ आठ दलीय गठबन्धनको साथ छ । उनी आठ दलका साझा उमेदवार छन् । उमेदवारी दर्तामा आठ दलका शीर्ष नेता पौडेलका प्रस्तावक र सम्मर्थक बसेका थिए ।

निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।