१४ बैशाख २०८१, शुक्रबार 1714176606
Banner

भक्तपुरमा अर्धनग्न अवस्थामा भेटिएको शवको पहिचान खुल्यो

काठमाडौं । भक्तपुरमा मृतावस्थामा फेलापरेकी महिलाको पहिचान खुलेको छ । गए राति चाँगुनारायण नगरपालिका–७, बागरेस्थित तरकारी खेती हुँदै आएको जग्गामा टिनको कच्ची टहराभित्र महिलाको शव फेलापरेको थियो । करिब ४० वर्षीया महिलाको शव परालले छोपेको अवस्थामा सोमबार बेलुकी १० बजेतिर फेला परेको हो।

मृत फेलापरेकी महिला जेनिसा नगरकोटी रहेको खुलेको छ । उनको स्थायी ठेगाना काभ्रेको नमोबुद्ध रहेको पनि खुलेको छ । उनी मृत भेटिएकै स्थानवरपर बस्दै आएको र मजदुरी काम गर्दै आएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

महिलाको घाँटी अगाडिको भागमा गहिरो चोट र शरिरको अन्य भागहरूमा पनि चोटहरू देखिएको प्रहरी ले बताएका छन् ।

महिलाको शव अर्धनग्न अवस्थामा फेला परेको थियो। शव पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट लगिएको छ।

प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।