१४ बैशाख २०८१, शुक्रबार 1714170760
Banner

राजनीतिक दलको हिसाबले महिलालाई प्रमुखता दिने पार्टी एमाले हो : पद्मा अर्याल

काठमाडौं । नेकपा एमालेकी सचिव एवं पुर्वमन्त्री पद्मा अर्यालले अन्य दलभन्दा एमाले पार्टी महिलामैत्री भएको दाबी गर्नुभएको छ ।

एक रेडियोसँग कुरा गर्दै अर्यालले भन्नुभयो, “राजनीतिक क्षेत्रमा महिला प्रतिनिधित्व बढाएको छ । प्रतिनिधित्व भनेको अधिकार हो । समानता भनेको व्यवहार हो । संविधानतः समानताको ढोका खोल्ने काम सुरु भएको छ । हामी क्रमशः सिँढी चढ्दै छौं । फड्को मार्दैछौं । राजनीतिक दलको हिसाबले महिलालाई प्रमुखता दिने पार्टी नेकपा एमाले हो । महिला राष्ट्रपति बनाउने पनि एमाले नै हो । अरु दलभन्दा एमाले महिलामैत्री छ ।”

समानतामा पुग्न लागि महिलालाई आर्थिक अधिकार दिनुपर्ने उहाँले जोड थियो । अर्यालले भन्नुभयो, “आर्थिक अधिकार नपाएसम्म महिला सशक्तिकरण हुन सक्दैन । महिला आत्मनिर्भर र स्वावलम्बी हुन सक्दैनन् । महिलामाथि अन्याय, अत्याचार भइरहन्छ । अनावश्यक राजनीतिकरण र संरक्षण गर्दा पनि दोषीलाई दण्डित गर्न सकिँदैन ।”