२४ बैशाख २०८१, सोमबार 1715038689
कला/साहित्य

जानु धितालद्वारा लिखित ‘छाउगोठकी आमा’ लोकापर्ण

काठमाडौं । कवियत्री जानु धितालद्वारा लिखित कविता संग्रह ‘छाउगोठकी आमा’ लोकापर्ण भएको छ । नेपाल सष्ट्रा समाजको आयोजनामा काठमाडौंको अनामनगरमा एक कार्यक्रम गरी उक्त कविता संग्रह लोकपर्ण गरिएको हो ।

कविता संग्रह लोकपर्णको प्रमुख अतिथि नगेन्द्र राज शर्माको उपस्थितिमा अतिथिहरू प्रा.डा भरतकुमार भट्टराई, कवि श्नेह शायमी, समालोचक डा.शान्ति माया गरी र माधव विडारीले स्वागत गरेका थिए ।

डा.गरीले कविताले नारी चेतनाको विषयमा कविता संग्रह उत्कृट भएको बताइन् । उनले अहिले पनि छाउगोठबाट महिलाहरू पीडित भएको भन्दै यो कविता संग्रहले जिवन्त विषयलाई उठान गरेको बताइन् । इतिहासदेखि देखिएको तर उठान कम भएको विषय नारी चेतनाको विषय भएको भन्दै उनले नारी चेतालाई मुख्य विषय बनाएर कविता संग्रह प्रकाशन गर्नु नै सबैभन्दा राम्रो विषय भएको बताइन् । आज पनि नारीहरू छाउबाट पीडित छन् । महिनावारी हुन वा महिला हुनु प्राकृतिक र जैविक विषय भएपनि यसलाई समाजले फरक दृष्टिबाट हेर्ने गरेको विषय साहित्यमा राम्रो ढंगले उठान गर्नुपर्ने उनको भनाइ छ ।

कविता कै विषयमा आफ्नो धारणा राख्दै सायमीले यो कविता संग्रह एउटा व्यङ्ग्यात्मक शैलीमा भइरहेको विषयलाई मिहिन रूपमा उठान गरिएको बताए । अहिले पाखण्डी समाजमा कविता ठुलो व्यङ्ग्य भएको उनको भनाइ छ । धितालको पहिलो कविता संग्रह नै सशक्त र प्रखर रहेको भन्दै यसलाई निरन्तरता दिँदै अगाडि बढ्न सुझाब दिए ।

प्रा.डा भरत कुमार भट्टराईले यो कविताले पुरुष सत्तामाथि कडा प्रहार गरेको बताए । लैगिंक असमानतालाई मिहिन रूपमा उठान गरेको उनले बताए । समय र परिवेश अनुसार सशक्त कविता संग्रह भएको भन्दै उनले आगामी दिनहरूमा पनि यस्तै कविता संग्रह आउनेमा आशावादी भएको बताए ।

शुभकामना दिँदै पवन आलोक र नगेन्द्र राज शर्माले यो कविता राम्रो उत्कृष्ट भएकाले आगामी दिनमा पनि यस्तो कविता आउनेमा आशावादी भएको भन्दै शुभकामना दिए ।

नेपाली र अंग्रजी भाषामा प्रकाशित यो कविता संग्रह २९ वटा कविता रहेको छ । हड्डी, मैले नागेको सगरमाथा, म नदिलगायतको कविता समालोचकहरूले खुलेर तारिफ गरेका थिए । उनले लोकपार्ण कार्यक्रममा २ वटा कविता समेत वाचन गरेका थिइन् । धितालको यो पहिलो कविता संग्रह प्रकाशन भएको हो । उनी बुद्धिजिवी परिषद्को केन्द्रीय सदस्य पनि हुन् ।

श्रीओम श्रेष्ठको अध्यतामा विधान आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।