१५ बैशाख २०८१, शनिबार 1714197752
Banner

शैलुङ साहित्यिक महोत्सवमा एमाले अध्यक्ष ओलीलाई भव्य स्वागत  

दोलखा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज शैलुङ साहित्यिक–सांस्कृतिक महोत्सवको उद्घाटन गर्नुभएको छ । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले दोलखास्थित शैलुङ डाँडामा आयोजना गरेको शैलुङ साहित्यिक–सांस्कृतिक महोत्सव–२०७८ को अध्यक्ष ओलीले आज उद्घाटनका गर्नुभएको हो ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले नेपालको प्रसिद्ध शैलुङ थुम्कामा आयोजना गरेको महोत्सवमा सो क्षेत्रका आदिवासी जनजातिका झाँकीहरू प्रदर्शन गरेका छन् ।

अध्यक्ष ओलीलाई शैलुङ गाउँपालिका दोलखा र दोरम्बा शैलुङ गाउँपालिका रामेछापबाट स्वागत गरिएको छ ।
महोत्सव उद्घाटनअघि अध्यक्ष ओलीले कालिञ्चोक भ्रमण गर्नुभएको थियो ।