१५ बैशाख २०८१, शनिबार 1714215885
Banner

माओवादीको केन्द्रीय समिति बैठक सुरु, नारायणकाजी श्रेष्ठ पनि सहभागी 

काठमाडौँ  । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । राष्ट्रियसभा गृहमा बैठक सुरु भएको केन्द्रीय सदस्य पूर्ण कुमारी सुवेदीले जानकारी दिनुभयो। 

यसअघि बिहान ११:०० बजेदेखि सुरु हुने भनिएको बैठक नेताहरूको आन्तरिक छलफलको कारण साढे दुई घण्टा ढिला गरी सुरु भएको हो ।

बैठकमा पार्टीका पदाधिकारी चयन गर्ने तयारी गरिएको छ । पुस ११ गतेदेखि १८गतेसम्म सम्पन्न माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय समितिलाई दिएको छ । 

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी प्रतिनिधिसभाबाट अनुमोदनपछि माओवादीका नेताहरुबीच खटपट भएको छ । 

नारायणकाजी श्रेष्ठ लगायतका केही नेताले पार्टीभित्र  ‘विद्रोह’ गर्दै छुट्टै छलफल गर्नुभएको छ । उहाँहरूले पार्टीभित्रै सङ्घर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्ने सम्मका विषयमा छलफल गर्नुभएको छ  ।

आजको केन्द्रिय कमिटी बैठकमा नेता श्रेष्ठ पनि सहभागी हुनुभएको छ।  आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा यो समूहले नेतृत्वको कमजोरी देखाउँदै आफ्नो भनाइ राख्ने तयारी गरेको  छ ।