१५ बैशाख २०८१, शनिबार 1714275502
कला/साहित्य

पल शाहविरुद्धको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं । आज मंगलबार पल शाहविरुद्धको मुद्दामाथि सुनुवाइ हुने भएको छ । तनहुँ जिल्ला अदालतमा मुद्दाबारे सुनुवाइ हुनेछ । यसअघि धेरै पटक पेशी तोकेर मुद्दा सुनुवाइ स्थगित हुँदैआएको थियो । कलाकार शाहमाथिको मुद्दाको नवलपुर अदालतको फैसलाबारेमा अध्ययन भइरहेको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले बताए ।

नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा अधाई वर्ष कैद सजाय तोकेको थियो । आज हुने तनहुँ अदालतको फैसलाले पनि कैदबारे सजाय तोक्न सक्ने अनुमान गरिएको छ ।