२६ बैशाख २०८१, बुधबार 1715150318
राजनीति

गोकुल बास्कोटाको प्रश्न : पटक पटक म माथी किन हमला हुन्छ ?

काठमाडौं- नेकपा एमालेका पोलिटव्यूरो सदस्य एव प्रतिनीधीसभा सदस्य गोकुल बाँस्कोटाले आफ्नो घरमा बम राखेको विषयमा छानविन गर्न सरकारसँग माग गर्नु भएको छ । हिजो बिहान लोकन्थली स्थित घरको परिसरमा शंकास्पद वस्तु भेटिएको विषयलाई बास्कोटाले आफू माथि पटक पटक कसले र किन हमला गर्छ भनि प्रश्न गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा गएराती स्टाटस लेख्दै बाँस्कोटाले लेख्नु भएको छ ‘मान्छेलाई मार्न सकिन्छ तर उसको विचार र उसलाई कहिल्यै हराउन सकिन्न ।’ बास्कोटाको आफूमाथि भएको लक्षित गतिविधिबारे अचम्मित भएको उल्लेख गर्नु भएको छ । आफू माथीको टार्गेटको छानबिन गर्ने कार्य सरकारको भएको पनि उहाँको भनाइ छ । ‘पटक पटक कसले र किन ममाथि हमला गर्छ ?’, बास्कोटा लेख्नुहुन्छ , ‘म अचम्मित छु । सत्य तथ्य पत्ता लगाउने काम सरकारको हो ।’
हिजो बिहान बास्कोटाको घर परिसरमा शंकास्पद वस्तु फेला परेको थियो । यस अघि २०७६ सालमा पनि बास्कोटाको घरमा बम राखिएको थियो ।