२५ बैशाख २०८१, मंगलवार 1715141910
Banner

धनगढीमा निषेधाज्ञा तोडेर विद्यार्थीको प्रदर्शन

धनगढी । एक किशोरीको मृत्युको विषयलाई लिएर आज पनि धनगढी तनावग्रस्त बनेको छ ।

बिहीबार बिहान धनगढी–५ स्थित पिपल चौतारा नजिकै ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको घटनालाई लिएर स्थानीय र विद्यार्थी आज बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् । 

साइकलमा विद्यालय गइरहेकी उनको घटनास्थलमै मृत्यु भएपछि बिहीबारदेखि नै विद्यार्थी र स्थानीय प्रदर्शनमा उत्रिएका थिए । 

स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरे पनि स्थानीय र विद्यार्थीले प्रदर्शनलाई जारी राखेका हुन् ।

मृतक चेतनालाई न्याय दिनुपर्ने माग राख्दै निषेधाज्ञालाई बेवास्ता गरेर आन्दोलनमा उत्रिएका उनीहरूले दोषीलाई कारबाही गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्तिको दिनुपर्ने माग राखेका छन् ।