६ जेष्ठ २०८१, आईतवार 1716147263
कला/साहित्य

‘नम्बरी सुन’मा आमेष अनुबन्धीत

काठमाडौं । चलचित्र ‘नम्बरी सुन’ मा अभिनेता आमेष भण्डारी अनुबन्धित हुनुभएको छ । राजु गिरीको निर्देशनमा निर्माण हुने यो चलचित्रको निर्माण टिम र आमेषबीच औपचारिकरूपमा लिखित सम्झौता भएको हो ।

निर्देशक गिरीका अनुसार चलचित्रले सात दशकअघिको ऐतिहासिक कथालाई प्रस्तुत गर्नेछ । ७ मंसिरबाट छायांकनमा जान लागेको यो चलचित्रबाट लामो समयपछि द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले कमब्याक गर्दै हुनुहुन्छ । लमजुङको भुजुङ खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा छायांकन हुने भनिएको चलचित्रका लागि अन्य कलाकारको छनोट क्रम जारी रहेको निर्देशक गिरीले बताउनुभयो ।