६ जेष्ठ २०८१, आईतवार 1716147255
कला/साहित्य

आमा बनिन् अभिनेत्री श्वेता खड्का

काठमाडौं । अभिनेत्री श्वेता खड्का आमा बनेकी छन् । उनलाई मंगलबार पुत्रीलाभ भएको छ ।

अभिनेत्री श्वेताले एक वर्षको प्रेम सम्बन्धपश्चात् धनगढीका विजयेन्द्र सिंह राउतसँग २२ मंसिर २०७७ मा प्रेमविवाह गरेकी थिइन् । यति बेला श्वेता र विजयेन्द्र दुवैलाई पुत्रीलाभ भएको छ ।

काठमाडौंको टोखास्थित ग्रान्डी अस्पतालमा मंगलबार भर्ना भएकी उनले सोही अस्पतालमा पुत्रीलाभ गरेको उनका श्रीमान् विजयेन्द्रले बताएका छन् ।

प्राकृतिक रूपमा उनी सुत्केरी नभएपछि शल्यक्रियाको माध्यमबाट उनलाई मंगलबार अपराह्न सुत्केरी गराइएको पनि पति विजयेन्द्रले बताएका छन् । उनका अनुसार यति बेला अभिनेत्री श्वेता र उनको नवजात छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।