१४ बैशाख २०८१, शुक्रबार 1714177366
Uncategorized

नेपाल प्रहरीका एसएसपी यादव झुण्डिएको अवस्थामा मृत फेला

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमा शुक्रबार झुण्डिएको अवस्थामा फेला पर्नुभएको छ ।

शुक्रबार बिहान ११ बजे अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झुण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जनकारी दिनुभयो । सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत यादवलाई केही दिनअघि मात्रै कारवाही गरेको बताइएको छ ।

घटनाको विस्तृत अनुसन्धान भैरहेको तिवारीले बताउनुभयो । उहाँको मृत्युको कारण भने खुल्न सकेको छैन ।