१७ बैशाख २०८१, सोमबार 1714377166
Banner

लाल मोहम्मदको हत्या आरोपमा पक्राउ परेका ३ जना हतियार व्यवस्थापक रहेको पुष्ठि

काठमाडौं । काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या गरिएको प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जना हतियार व्यवस्थापक रहेको प्रहरीले जनाएको छ । असोज ४ गते बेलुकी भएको हत्याको घटनामा प्रहरीले दुई जना पुरुष र एक जना महिलालाई पक्राउ गरेको अपराध महाशाखा प्रमुख जनक भट्टराइले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरु तिनै जनाले मोहम्मदको हत्याको लागि हतियार व्यवस्थापनमा सघाएका थिए । ती महिला यसअघि लागूऔषध सम्बन्धी मुद्दामा जेलसमेत बसेको प्रहरीको भनाइ छ । तीन जना पक्राउ परेकोबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

यही असोज ४ गते बेलुकी मोटरसाइकलमा आएका तीन व्यक्तिमध्ये एकले मोहम्मदलाई गोठाटारको एक गार्मेन्ट फ्याक्ट्री अगाडि गोली हानेर हत्या गरेका थिए । प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएर सो घटनाबारे छानबिन गरिरहेको छ ।