२५ बैशाख २०८१, मंगलवार 1715114918
Banner

डेंगु संक्रमणका कारण एकैदिन ४ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर २ हजार २६ जना डेंगुका नयाँ बिरामी थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगु बिरामीको संख्या २७ हजार ५६९ पुगेको छ ।

बितेको चौबिस घण्टामा डेंगुका कारण थप चार जनाको मृत्यु भएको छ । योसँगै यसवर्ष डेंगुका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।