२५ बैशाख २०८१, मंगलवार 1715146976
Banner

आज राप्रपा प्रवेश गर्दै रविन्द्र मिश्र

काठमाडौं । विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र आज राप्रपामा प्रवेश गर्ने हुनुभएको छ। मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टी प्रवेश गर्न लाग्नुभएको हो । उहाँको प्रवेशका लागि राष्ट्रिय सभागृह भृकुटीमण्डपमा बुधवार दिउँसो १ बजे राप्रपाले कार्यक्रम आयोजना गरेको छ ।

राप्रपा प्रवेश गर्नुअघि नेता मिश्रले वैचारिक ध्रुवीकरणमा सहभागी हुन सबैमा आह्वान गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबूकमा मंगलवार एक स्टाटस लेख्दै मिश्रले आफू एक्लै राप्रपाको एकता प्रक्रियामा जान लागेको नभई सबै सहभागी हुनसक्ने बताउनुभएको थियो ।