२६ बैशाख २०८१, बुधबार 1715159065
Banner

काठमाडौंको बजारमा दशैंको चहलपहल बढ्यो (फोटोफिचर)

काठमाडौं । दशैँ सुरु भएसँगै काठमाडौं उपत्यकाका बजारमा भिडभाड बढेको छ । असन, इन्द्रचोक, न्यूरोडसहितका मूख्य बजारमा भिडभाड बढेको हो । सोमबार दशैँको पहिलो दिन हो भने १९ असोज बुधबार दशैंको टीकाको दिन हो ।

दशैं शुरु भएसँगै पढाई, रोजगार र व्यापारको सिलसिलामा काठमाडौं आएकाहरु धमाधम गाउँ फर्किन लागेका छन् । यही बेला काठमाडौंका मुख्य व्यापारिक क्षेत्रमा किनमेल गर्नेको भीड बढ्दै गइरहेको छ ।