१४ बैशाख २०८१, शुक्रबार 1714163522
Banner

निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने

काठमाडौं । निर्वाचन आयोगले बुधबार (असोज १२ गते) देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । 

‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताउनुभयाे

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू गर्ने निर्णय गरेको हो ।