१७ बैशाख २०८१, सोमबार 1714379552
Banner

पौडी खेल्ने क्रममा मृत्यु भएका तीनै जनाको सनाखत

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ७ न्यूरेनीस्थित नागदहमा शुक्रबार अपरान्ह साढे ५ बजे पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका तीनै जनाको सनाखत भएको छ।

प्रहरीका अनुसार हेटौंडा १५ का १७ वर्षीय साहिल लामा, १२ वर्षीय कार्शाङ जिम्बा र १३ वर्षीय सन्जीव मोक्तानको मृत्यु भएको हो।