१७ बैशाख २०८१, सोमबार 1714394624
Banner

मन्त्रिपरिषदको बैठक जारी , संसद् अधिवेशन अन्त्यको सिफारिस हुने

काठमाडौं । मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु भएको छ । विहान ९ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार बैठकले संघीय संसद्को ११ औं अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने छ ।

प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यरातिदेखि अन्त्य गर्ने सरकारको तयारी छ । समानुपातिकको बन्दसूची बुझाउनुअघि राष्ट्रपतिसमक्ष संसद् अधिवेशन अन्त्यको सिफारिस गर्न लागिएको उनको भनाइ छ ।

निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारको बन्दसुची बुझाउन आइतबार र सोमबारका लागि समय तोकेको छ ।