११ बैशाख २०८१, मंगलवार 1713906649
पालिका

बाबुरामलाई बालेनको जवाफ– घर भत्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले जवाफ फर्काएका छन् ।

शुक्रवार अध्यक्ष भट्टराईले स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोक्न माग गरेका थिए । त्यसको जवाफमा मेयर साहले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा सोच्नु पर्थ्यो भन्दै जवाफ दिएका हुन् ।

उनले बाबुरामलाई भनेका छन्, ‘यो कुरा त तपाईंले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि ।’