१५ बैशाख २०८१, शनिबार 1714211321
Uncategorized

सेन्ट जर्ज स्कुलले गर¥यो आफनै पूर्व छात्रालाई आर्थिक सहयोग

काठमाडौं । सेन्ट जर्ज विद्यालयकी पूर्व छात्रा सरिता जिरेल क्यान्सर जस्तो प्राण घातक रोगबाट ग्रसित भएका कारण विद्यालय
परिवारबाट आर्थिक सहयोग संकलन भएको छ ।

विद्यालयले सहयोग स्वरुप आर्थिक संकलन गरि सरिताका बुवालाई रु १६५०० र हस्तान्तरण गर्ने समयमा कार्यक्रम स्थलबाट उठेको रकम गरि करिव बाईस हजार भन्दा बढि रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी एवं शुभचिन्तक सबैले सहयोग गरेका थिए । विद्यालय व्यवस्थापन समितिक अध्यक्ष प्रल्हाद दाहाल प्रधानाध्यापक मेघराज बजगाईले विद्यालयले आफ्ना विद्यार्थी एवं कर्मचारीहरुलाई सधैं आफ्ना परिवारको रुपमा सुख दुखमा साथ दिने बताउँदै सवैलाई धन्यवाद ज्ञापन गरे ।