१४ बैशाख २०८१, शुक्रबार 1714175584
कला/साहित्य

नेपालमै पहिलो पटक ‘नेपाल नेल च्याम्पियनसीप २०२२’को आयोजना

काठमाडौं । नेपालमै पहिलो पटक ‘नेपाल नेल च्याम्पियनसीप २०२२’ हुने भएको छ । द जगंस्टग नेलआर्टको आयोजनामा यही भाद्र २५ गते शनिबार काठमाडौंमा ‘नेपाल नेल च्याम्पियनसीप २०२२’ हुन गइरहेको हो । सिल्भर ओके पार्टी प्यालेस गैरीधारामा आयोजना हुन गइरहेको यो च्याम्पियनसीपमा प्रथम विजेतालाई ५० हजार नगद तथा प्रमाणपत्र र पदक प्रदान गरिनुका साथै द जगंस्टग नेलआर्ट दुबई शाखामा रोजगारको व्यवस्थासमेत गरिने आयोजकले जनाएको छ । यस्तै नेपाल नेल च्याम्पियनसीप विजेताले दुबई नेल च्याम्पियनसीप २०२३ को प्रतिस्पर्धामा भाग लिने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

लामो समयदेखि स्वास्थ्य र सौन्दर्यलाई ध्यानमा राख्दै नेलआर्ट, नेल एक्सटेन्सन, नेल हाइजिनमा काम गर्दै आइरहेको द जगंस्टग नेल आर्टले हाल नेपाल लगायत दुबई, साउदी, कतार लगातका मिडिल इष्ट देशमा आफ्नो शाखा विस्तार गर्न सफल भएको छ । द जगंस्टग नेलआर्टका सञ्चालक सुनिलजंग मल्लका अनुसार सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने मात्र नभएर सयौं नेपालीलाई रोजगारी समेत दिइरहेको छ । यो नेल प्याजेन्टले नेपाल र नेपाली कामलाई बिदेशी स्तरसम्म चिनाउने र फैलाउने मूल लक्ष्य तथा उद्देश्य रहेको  मल्लले बताउनुभयो ।

नेपाल नेल च्याम्पियनसीप २०२२ मा दुबई नेल च्याम्पियनसीपका निर्देशक गलिना स्पाइरलिंग, दुबई नेल च्याम्पियनसीपका निर्णयकहरू सुनिलजंग मल्ल, सरस्वती मल्ल अधिकारी र मारिया रहनुभएको छ भने फ्लोर निर्णयकमा निरज जिरेल, किरण मल्ल, सुनिता लामा र एनी निरौला रहेको आयोजकले जनाएको छ ।