१५ बैशाख २०८१, शनिबार 1714213183
समाचार

छोराको चिर्पट प्रहारबाट बाबुको मृत्यु

पाल्पा – पाल्पामा छोराले दाउराको चिर्पट प्रहार गर्दा बाबुको ज्यान गएको छ।

माथागढी गाउँपालिका ४ नेटा बस्ने १४ वर्षीय छोराले घरमा सामान्य झै झगडा हुँदा आफ्नो बाबु ४५ वर्षीय तीलबहादुर दिशाा मगरलाई चिर्पट दाउराले प्रहार गरेका थिए ।  

प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

चिर्पट प्रहार गर्ने छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पाल्पाका प्रहरी ले जनाएको छ ।