१४ बैशाख २०८१, शुक्रबार 1714155757
Banner

कांग्रेसले अति गर्‍यो भने वाममोर्चा बनाएर चुनावमा जानुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ नेपाली कांग्रेसले सिट बाँडफाँटमा बखेडा झिकिरहेको बताउनु भएको छ।

पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्यहरु र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

प्रचण्डले कांग्रेसले बखेडा गरिरहे वाम फ्लेभरको वाममोर्चासमेत बनाएर अगाडि बढ्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘हामीसँग वाममोर्चाको पनि विकल्प छ। अहिले वाम लोकतान्त्रिक गठबन्धन छँदै। कांग्रेसले सिट बाँडफाँटमा निहु खोजीरहेको छ । त्यसकारण संयुक्त वाममोर्चाका रुपमा हाम्रो चुनावी तयारी अगाडि बढाउँछौँ।‘

अध्यक्ष प्रचण्डले माओवादीमा स्थानीय चुनावमा जस्तै अन्तर्घात भए पार्टी नै विघटन हुन सक्ने पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो बीचमा खुट्टा तानातान र अन्तर्घात भयो भने पार्टी विघटन कसैले रोक्न सक्दैन ।‘