१४ बैशाख २०८१, शुक्रबार 1714177443
Banner

अटोलाई बसले ठक्कर दिँदा ३ जनाको मृत्यु

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा ३ जनाको ज्यान गएको छ। चन्द्रपुर–२ लच्का नजिकै बस र अटो रिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो।

काठमाडौंबाट सर्लाहीको बयलबासतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र बागमतीबाट विरामी लिएर वीरगन्ज जाँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहीबार बिहान साढे ४ बजे एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा घाइते भएका अटोमा सवार ४ जना मध्ये ३ जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका प्रहरी निरीक्षक अर्बिन्द कुमारले बताउनुभयो । मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर छन्।