६ बैशाख २०८१, बिहीबार 1713500099
Banner

सहमतिपछि पनि बन्चरेडाँडामा फोहोर फाल्न समस्या

काठमाडौं । बन्चरेडाँडामा फोहोर विसर्जन गर्न गएका गाडीहरुलाई स्थानीयले आज बिहानैदेखि अवरोध गरेका छन् । बुधबार काठमाडौं, नुवाकोट र धादिङका प्रजिअ र सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुबीच फोहोर विसर्जन सम्बन्धमा ४ बुँदे सहमति भएको थियो । सहमति अनुरुप काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई आज बिहान स्थानीयले रोकेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

सहमति गरिएको भएपनि स्थानीयले प्रहरी नियन्त्रणमा रहेका एक व्यक्तिलाई विनासर्त रिहा गर्न माग गर्दै फोहोर विसर्जनमा अवरोध गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले एक जना स्थानीयलाई नियन्त्रणमा लिएको छ ।

४ बुँदे सहमतिमा ती व्यक्तिलाई रिहा गर्ने विषय उल्लेख गरिएको छैन तर रिहा गर्ने भनेर मौखिक आश्वासन दिएको तर कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध पुरयाएका हुन् ।