१५ बैशाख २०८१, शनिबार 1714215424
Banner

धरानका मेयर हर्क साम्पाङले सार्वजनिक गरे सय दिनको काम

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले करिब सय दिनमा गरेका कामहरू सार्वजनिक गरेका छन्।

मेयर भएपछि एक सय दिनभित्र के–के काम गरियो भन्ने प्रश्न सोध्नेलाई जवाफ भन्दै उनले १३ वटा कामका विवरण सार्वजनिक गरेका छन्।

१०० दिनमा के गरिस तँले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा आफूले सय दिनमा गरेको १३ वटा कामहरु सार्वजनिक गरेका हुन् ।

उनी निर्वाचित भएर आएलगतै श्रमदान शुरु गरेको र वर्षोेदेखि धरानले भोग्दै आएको खानेपानीको समस्या समाधान गर्न लागेको बताएका छन् । उनले प्रत्येक शनिबार वृक्षरोपन अभियान पनि शुरु गरेका छन् । उनका अनुसार अहिलेसम्म ६ लाख विरुवा रोपिसकेको छन् ।