८ बैशाख २०८१, शनिबार 1713599143
Banner

काबुलको एक मस्जिदमा बम विष्फोट, २१ जनाको मृत्यु, ४० घाइते

काठमाडौं । अफगानिस्तानको काबुलमा बम विष्फोट हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

काबुलस्थित एक मस्जिदमा बम विष्फोट हुँदा २१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।

विष्फोटमा परी ४० जना घाइते भएका छन् । विष्फोट पछि सो इलाका तालिबानको सुरक्षा गार्डले शील गरेको बताइएको छ ।

अहिलेसम्म घटनाको जिम्मेवारी कसैले लिएका छैनन् । विगत केही महिनादेखि मस्जिदलाई निशाना बनाई हमला भइरहेको समाचार एजेन्सीहरूले बताएका छन् । एजेन्सी