२५ बैशाख २०८१, मंगलवार 1715120228
विश्व

मालीमा आतङ्कवादी हमलामा ४२ सैनिक र ३९ आतङ्ककारीको मृत्यु

मालीको गाओ क्षेत्रको टेसिट शहर नजिकै आइतबार भएको आतङ्कवादी हमलामा ४२ माली सैनिकको मृत्यु हुनाका साथै २२ जना घाइते भएका छन् ।

माली सरकारले बुधबार विज्ञप्ति जारी गर्दै सो बारे जानकारी दिएको छ। विज्ञप्तिअनुसार माली, नाइजर र बुर्किना फासोको सीमा जोडिएको समस्याग्रस्त “सीमा” क्षेत्रमा आक्रमणको क्रममा ३९ आतङ्ककारीको पनि मृत्यु भएको बताइएको छ। सरकारले आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गरेको छ । सरकारले इस्लामिक स्टेट इन द ग्रेटर सहारा नामक सशस्त्र समूहले ड्रोन, आर्टिलरी, विस्फोटक पदार्थ र वाहन बमहरू प्रयोग गरी सो हमला गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। मालीले सन् २०१२ देखि सुरक्षा, राजनीतिक र आर्थिक सङ्कटको सामना गरिरहेको छ । विद्रोह, जिहादी आक्रमण र अन्तर-सामुदायिक हिंसामा पश्चिम अफ्रिकी देश मालीमा हजारौंको हत्या र सयौं हजार विस्थापित भएका छन्।